धुनिवेशी नगरपालिकामा पनि ‘क्लोथ बैंक’ अभियान सुरु गरिँदै
थानकोट ।
धुनिवेशी नगरपालिकामा पनि क्लोथ बैंक सञ्चालनमा आउने भएको छ ।
आगामी आइतबार (मंसिर १६) धुनिवेशी नगरपालिकामा क्लोथ बैंक अभियानको थालनी हुने कार्यक्रम छ ।
मानव सेवाका लागि देशका सात वटै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन: प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ ।
देशका सातै प्रदेशमा शोरुमहरु सञ्चालन गरेर जो कोहीले प्रयोग गर्न मिल्ने क्लोथ एन्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताए ।
चन्द्रागिरि नगरमा पनि गति चैत्र महिनाबाट ‘क्लोथ बैंक’ अभियान सञ्चालनमा छ ।
फाइल फोटो