रामेछापमा यात्रुबाहक गाडी दुर्घटनाः वडाध्यक्षसहित पाँच जनाको मृत्यु

Thankot Times

थानकोट ।

रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

सुमो झण्डै पाँच सय मिटर तर खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *