बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
थानकोट ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–५ घर भएका ६१ वर्षीय नवराज गिरी छन् ।
उनीविरुद्ध २५ लाख बिगो भएको बैंकिङ कसुर मुद्दामा टिका गिरीले जाहेरी दिएका छन् ।
उनलाई कानुनी कारबाही गर्न जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।