नेत्रहिन टी-२० विश्वकप क्रिकेटः पाकिस्तानसँग नेपाल पराजित
थानकोट।
पाकिस्तानमा जारी नेत्रहिन टी-ट्वान्टी विश्व कपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो ।
नेपालले दिएको १ सय १ रनको सामान्य लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रनको सामान्य योगफल तयार गरेको थियो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।
पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।
६ देशको सहभागीता रहेको विश्व कपमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । २ सेमिफाइनलका विजेताबीच डिसेम्बर ३ मा फाइनल खेल रहेको छ ।