उपनिर्वाचनः कीर्तिपुरमा एकीकृत समाजवादीका मेयर उम्मेदवारले माओवादीलाई सघाउने
थानकोट ।
मंसिर १६ मा कीर्तिपुरमा हुने मेयर पदको उपनिर्वाचनमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ ।
सो उपनिर्वाचनमा दुई दलबीच तालमेल गर्ने निर्णय भएपनि एकीकृत समाजवादीका तर्फबाट भानु रिजालले प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
रिजालले मंगलबार विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी गराएका छन् । पार्टी केन्द्रको निर्णय अनुसार उम्मेदवारी निष्क्रिय गरेको उनले बताए ।
नगर प्रमुख पदमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रिता खड्कालाई मत दिन रिजालले आग्रह गरेका छन् ।
कीर्तिपुरमा प्रमुख पदका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका थिए ।