रोजागरीको ग्यारेण्टीसहित ५० जना युवायुवतीलाई ९० दिने सूचनाप्रविधि तालिम दिँदै चन्द्रागिरि नगर !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले ५० जना शिक्षित युवायुवतीलाई सूचना प्रविधि तालिम दिने भएको छ ।

स्कील ल्याबसँगको सहकार्यमा तालिम कार्यक्रम सुरु गरिएको बताइएको छ । सो तालिम कार्यक्रम दैनिक ३ घण्टाको रहने र ९० दिनसम्म सञ्चालन हुने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।

सोमबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सो तालिम कार्यक्रमको थालनी गरेका छन् ।

चन्द्रागिरि नगरको सभा कक्षमा सञ्चालन हुने सो तालिम कार्यक्रममा नगरपालिकाभित्र बसोबास गर्ने शिक्षित युवायुवती सहभागी हुने बताइएको छ ।

युवा पुस्तालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न चन्द्रागिरि नगरपालिकाले निरन्तर विविध किसिमका तालिम कार्यक्रम, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै नगरप्रवक्ता खड्गीले सूचना प्रविधिसम्बन्धी तीन महिने तालिमपछि प्रशिक्षार्थीहरूको रोजगारीको ग्यारेण्टी गरिएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *