सडक खनेर हिलो बनाएको भन्दै काठमाडाैं महानगरले तिरायो २५ हजार जरिवाना
थानकोट ।
सडक खनेर हिलो पारेको भन्दै काठमाडौँ महानगरपालिकाले एकजना नगर बासीलाई २५ हजार जरिवाना गराएको छ ।
काठमाडौँ महानगरपालिका-४ स्थित मानश्री मार्गमा स्वेता शाहले सडक खनेर हिलो पारेबापत जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ ।
महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड-जरिवानाको व्यवस्था गरेको छ ।