चीन जानुअघि प्रधानमन्त्री ओलीले गरे पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल

Thankot Times

थानकोट ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन् ।

मंशिर १७ बाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल सुरू गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेकाे छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *