नेपाल प्रहरीमा ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका जनपद प्रहरी समूहका ८ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव उपरीक्षक(डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले ८ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा ध्रुवराज राउत रहेका छन् । त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *