रास्वपा सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ।
कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
न्यायाधीश भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।
यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फाइल फोटो