चन्द्रागिरिमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन उत्साहजनक सहभागिता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा वडागत रूपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको कार्य सुरू हुने भएको छ ।

चन्द्रागिरि नगरपालिकाका वडाहरूमा यो अभियान मंगलबारबाट सुरू भएको हो भने केहीमा बुधबारबाट सुरू भएको छ । सम्बन्धित वडाहरूमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन स्थानीयहरूको भीड लागेको छ ।

चन्द्रागिरि नगरपालिकाको कार्यालयमा भने माघ १६ गतेबाट नै सो कार्य जारी रहेको छ । वडा कार्यालयहरूले क्षेत्रगत रूपमा विवरण संकलनको तालिका सार्वजनिक गरेका छन् ।

तस्बिरः रेलिश श्रेष्ठ, शिवकुमार महर्जन 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *