श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस

Thankot Times

थानकोट ।

सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो ।

यसैगरी, बैठकले वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी तोकिएका अर्यालले गत आइतबार राजीनामा दिएका थिए ।

उनलाई भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो ।

सफाइ पाएपछि पहिलोपटक गत आइतबार उनी योजना आयोगमा हाजिर भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *