कीर्तिपुरका स्वतन्त्र उम्मेदवारलाई क्यालकुलेटर, पानीको बोतल, केटाकेटी लगायतका चुनाव चिन्ह
थानकोट ।
कीर्तिपुर लगायतका स्थानीय तहमा आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
कीर्तिपुर नगरको मेयर पदमा उम्मेदवारको मनोनयन दर्ता गराएका २० जनाको उम्मेदवारी कायम छ ।
कीर्तिपुर नगरपालिका १ मा वडाध्यक्ष पदमा उम्मेदवारको मनोनयन दर्ता गराएका ९ जनाको उम्मेदवारी कायम छ ।
कीर्तिपुर नगरपालिका ४ मा वडाध्यक्ष पदमा उम्मेदवारको मनोनयन दर्ता गराएका १३ जना मध्ये १ जनाले नाम फिर्ता लिएपछि सो वडामा १२ जनाको उम्मेदवारी कायम छ ।
यसैबीच कीर्तिपुर नगरका मेयर तथा वडा नं. १ र ४ का वडाध्यक्षमा चुनाव लड्ने उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरेका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित उम्मेदवाहरूका लागि चुनाव चिन्ह प्रदान गरेको हो ।
कीर्तिपुरमा कुन उम्मेदवारले के चुनाव चिन्ह पाएः
कीर्तिपुर वडा नं. १
कीर्तिपुर वडा नं. ४
कीर्तिपुर नगर प्रमुख