स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयर पदमा २० जनाको उम्मेदवारी कायम
थानकोट ।
मनोनयन दर्ता गराएका २० जना मध्ये कसैले पनि नाउँ फिर्ता नलिएपछि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना भिड्ने पक्का भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन् ।
मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
कीर्तिपुर नगरमा नेपाली काँग्रेसबाट कृष्ण मान डंगोल, नेकपा एमालेबाट सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) बाट शिव शरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुब महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन, जनमत पार्टीबाट केशव श्रेष्ठ, नेकपा (समाजवादी) बाट भानु रिजाल, जनता समाजवादी पार्ती नेपालबाट दिपक महर्जन, नेपाल समाजवादी पार्टीबाट दिल कुमार महर्जन उम्मेदवार छन् ।
यस्तै, राजमान महर्जन, कवि कुमार महर्जन, नरेश श्रेष्ठ,स्वतन्त्र उम्मेदवार नवरथ कुमार बानियाँ, दिनेश कुमार अधिकारी,आनन्द महर्जन, धर्म रत्न मानन्धर, नरेश राज पाण्डे, प्रेम बहादुर महर्जन, मिम महर्जन र रामकृष्ण महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।