चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा रेबिज विरुद्धको खोप अभाव

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा रेबिज विरुद्धको खोप अभाव भएको छ ।

अस्पतालबाट बुधबार जारी विज्ञप्तिमा जनाइए अनुसार जनस्वास्थ्य कार्यालय काठमाडौँमा रेबिज विरुद्धको खोप अभाव भएपछि सो को असर नगर प्राथमिक अस्पतालमा समेत देखिएको हो ।

अस्पतालले रेबिज विरुद्धको खोप प्राप्त नगरेको र मौज्दात सकिएको हुँदा अर्को सूचना नभएसम्मको लागि अस्पतालबाट संचालन भईरहेको रेबिज विरुद्धको खोप सेवा रोकिएको अस्पताल प्रशासनले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *