सडकमा माटो झार्दै ट्रक हुइक्याउने चालकमाथि ललितपुर महानगरको कारबाही
थानकोट ।
ललितपुर महानगरपालिकाले सडकमा माटो झार्दै ट्रक गुडाउने चालकलाई कारबाही गरेको छ ।
सानेपास्थित समिट होटल निर्माणको क्रममा, टिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा माटो खसालेर सहरलाई फोहर पारेको र खसालेको माटोका कारण सवारीसाधन दुर्घटना हुने गरेको भन्दै महानगरले ती सवारीका चालकहरूलाई कारबाही गरेको हो ।
बा. ५ ख ५४४३ नम्बर को ट्रकलाई ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०७५ अनुसार ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले सडक र सहर फोहोर बनाउने यस्ता गतिविधिलाई महानगरले सूक्ष्म रूपमा निगरानी गरिरहेको छ ।