नेपाल टेलिकमको नेटवर्कमा समस्या, मोबाइल डेटा सेवा समेत प्रभावित
थानकोट ।
नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ ।
आइतबार बिहान करिब ११ बजेबाट नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएको हो ।
मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।
सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन् ।