मंसिर २२ गते कर्मा र कुटुम्ब ब्याण्डले कीर्तिपुरमा लाइभ प्रस्तुति दिने

Thankot Times

थानकोट ।

मंसिरि २२ गते शनिबार कीर्तिपुरमा कर्मा ब्याण्ड र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगितिक प्रस्तुति दिने भएका छन् । 

कीर्तिपुरको समृद्ध सांस्कृतिक धरोहरका साथै गीत संगीतमा योगदान पुर्याउने तथा नयाँ युवा पुस्तालाई संगीतको माध्यमबाट स्थानीय कला र संस्कृति महत्वका जानकारी दिन एवं कीर्तिपुरलाई सांगीतिक पर्यटनको गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले सांगितिक कार्यक्रम आयोजना हुन लागेको हो ।

एकै स्वरमा, कीर्तिपुरमा शीर्षकमा आयोजना हुन लागेको कार्यक्रम कीर्तिपुरस्थित ल्याबोरेटेरी माध्यमिक विद्यालयको प्रांगणमा आयोजना  हुनेछ । 

आदि ग्रुप प्रा.लि. र एएस्क्यु काठमाडौंको संयोजनमा हुन लागेको कन्सर्टमा नेवारी तथा विभिन्न जातीय संस्कृतिलाई झल्काउने नृत्य र झाँकीहरु, स्थानीय समुदाय र विद्यालयका विद्यार्थीहरुको प्रस्तुति रहने छ ।

नेपाली संगीतमा अद्धितीय योगदान पुर्याउँदै आएको कर्मा ब्याण्ड कीर्तिपुरबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको समूह हो । जसले तीन दशकभन्दा लामो समयदेखि कीर्तिपुरको माटोलाई विश्वसामु चिनाउँदै आएको छ ।

त्यस्तै सन् २००४ मा काठमाडौंमा स्थापना भएको कुटुम्ब व्याण्डले नेपालको सांगीतिक धरोहरलाई नयाँ पुस्तासम्म पुर्याउँदै, नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

कीर्तिपुरलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रुपमा चिनाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न, कीर्तिपुर नगरको ऐतिहासिक सांगीतिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको सो सांगितिक कार्यक्रममा १२ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष मनोरञ्जन लिन सक्ने र डिजिटल माध्यमबाट समेत मनोरञ्जन लिन सक्ने आयोजकको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *