चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा निर्माण हुने संरचनाहरूको भोलि सोमबार शिलान्यास गरिँदै

Thankot Times

थानकोट ।

भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा निर्माण हुने विभिन्न संरचनाहरूको शिलान्यास गरिने भएको छ ।

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भोलि सोमबार ती संरचनाहरूको शिलान्यास हुन लागेको हो । 

गत माघ महिनामा नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा निर्माण हुने संरचनाहरूको सन्दर्भमा सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौता अनुसार चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास कक्ष, क्लब कक्ष, पठनपाठन कक्ष र सभा कक्ष, भान्सा घर कक्ष, सार्वजनिक शौचालय, छेकबार पर्खाल लगायतका संरचना निर्माण हुने उल्लेख छ । 

ती संरचना निर्माणका लागि चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित लागत ४ करोड ३६ लाख ९० हजार ३ सय ९७ रुपैयाँ भारत सरकारले स्वीकृत गरी परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो ।

यद्यपी ती संरचना निर्माणमा केही परिमार्जन हुने बुझिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *