लागुऔषध ब्राउन सुगरसहित नागढुङ्गा नाकाबाट दुई जना युवा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागुऔषध ब्राउनसुगर करिब २० ग्रामसहित दुई जनालाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका-१४ का २५ वर्षीय अनिल भट्ट र मोरङ बेलबारी नगरपालिका-५ का २१ वर्षीय टेकबहादुर पुरी रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख २९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धान जारी रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फाइल फोटो