कलंकीदेखि सतुङ्गलसम्मका क्षेत्रमा आजबाट मंसिर ३ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न स्थानमा आज कार्तिक २८ गतेबाट मंसिर ०३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि बलम्बु, कलंकी र थानकोट फिडरका कलंकीदेखी सतुङ्गलसम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
साथै, माैसम प्रतिकूल रहेमा सटडाउन नहुने समेत प्राधिकरणको सूचनामा उल्लेख छ ।
सूचना हेराैं: