गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङे डिल्लीबजार कारागार चलान
थानकोट ।
गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य दीपक मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ।
काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
मनाङेलाई मंगलबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी