कोटेश्वरमा डुकुचु निर्माण सेवा प्रालि सडकमा निर्माण सामाग्री थुपारेपछि…
थानकोट ।
काठमाडौँ महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने निर्माण सेवा कम्पनीमाथि जरिवाना असुल गरेको छ ।
डुकुचु निर्माण सेवा प्रालिलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गरेको हो ।
बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत बागमती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो ।
सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।
नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।
फाइल फोटो