काठमाडौं महानगर क्षेत्रका ८ स्थानमा छठ पर्व मनाइँदै
थानकोट ।
काठमाडौं महानगरका विभिन्न ८ स्थानमा यसवर्ष छठ पर्व मनाइने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।
मेयर शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौंका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए ।
महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।
यस वर्षको छठको मुख्य दिन भोलि बिहीबार परेको छ।
फाइल फोटो