विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी (भिडिवो)
थानकोट ।
इजिप्टकाे राजधानी कायराेमा जारी विश्व शहरी फोरमको १२औं विश्व सम्मेलन अन्तर्गतको ग्लोबल भीएलआर सत्रमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी सहभागी भएका छन् ।
नगरप्रमुखको सचिवालयका अनुसार सो क्रममा मेयर गिरीले दिगाे विकास लक्ष्यकाे स्थानीय स्वेच्छिक प्रतिवेदन तयार पार्दाकाे अनुभव सुनाएका थिए ।
स्थानीय याेजना निर्माणमा स्थानीय स्वेच्छिक प्रतिवेदनको महत्वबारे मेयर गिरीले सहभागीहरू समक्ष प्रकाश पारेको समेत उनको सचिवालयले जनाएको छ।
संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट)को आयोजनामा जारी विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा नगर प्रमुख गिरीले अन्य सत्रहरुमा समेत सहभागिता जनाउने बताइएको छ।
सम्मेलनमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह समेत सहभागी छन् ।
सबै तस्बिरः नगरप्रमुख घनश्याम गिरीको सचिवालय