काठमाडाैंमा स्कुटर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारीस्थित सडकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

बा.प्र ०२-०१४ प २७२६ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक स्याउले घर भई गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका बस्ने २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *