चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा बहिरंग सेवाको समय हेरफेर
थानकोट ।
चन्द्रागिरि नगरपालिका-४ थानकोटमा रहेको नगर प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको बहिरंग सेवाको समय हेरफेर गरिएको छ ।
अस्पतालबाट जारी सूचना अनुसार अस्पतालको बहिरंग सेवाका लागि टिकट काट्ने समय कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म कायम गरिएको छ ।
शुक्रबार भने सो सेवा बिहान ८ बजेबाट दिउँसो १ः३० बजेसम्म मात्र जारी रहने बताइएको छ ।