तिहारमा सयपत्री फूलकाे व्यापार

Thankot Times

थानकोट ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै सयपत्री फूलको माला विक्री वितरणसमेत सुरु भएको छ ।

कालीमाटी, भृकुटीमण्डप, बालाजु लगायतका स्थानमा सयपत्री फूलको विक्री वितरण उल्लेख्य रहेको छ ।

घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ– गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ ।

केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्लो वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ ।

मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *