सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यो उच्च मूल्यलाई आज तोडेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
आज चाँदी प्रतितोला दुई हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो ।
सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।