कलंकी लगायतका मालपोतका कर्मचारीहरूको सरुवा प्रक्रियामाथि छानबिन हुने

Thankot Times

थानकोट ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले चार सयभन्दा बढी कर्मचारी एकै पटक सरुवा गरेको विषयमा छानबिन सुरु गरेको छ ।

जग्गाको धेरै कारोबार हुने कार्यालयहरूमा जथाभावी सरुवा गरिएकाले आर्थिक चलखेलको समेत आशंकामा छानबिन सुरु गरिएको हो ।

विभागमै राख्न अनुचित देखेपछि मन्त्रिपरिषद्ले गत कात्तिक १ मा सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । उनले जग्गा किनबेचको कारोबार बढी हुने उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, डिल्लीबजार लगायतका कार्यालयमा आफू निकटलाई पठाएको र एउटै व्यक्तिलाई पटक-पटक अवसर दिएको आरोप कर्मचारीले लगाएका छन् । उनीहरूले सरुवा रद्द गर्नुपर्ने माग गर्दै आएका छन् कान्तिपुरमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *