इनार सफा गर्ने क्रममा दुईको मृत्यु

Thankot Times

थानकोट ।

चितवनको माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई छन्।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित एक घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निस्सासिएका थिए। उनको उद्धारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए।

पानीमा डुबेका उनीहरूको अक्सिजन कम भएर मृत्यु भएको अनुमान छ। इनारको पानी फालेर उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ