आईएसएफ जिम्नासाइडमा सहभागी हुने नेपाली टोलीको बिदाइ (फोटो फिचर)

Thankot Times

थानकोट ।

बहराइनमा हुने २० औं संस्करणको आईएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिमण्डलाई बिदाइ गरिएको छ।

मंगलबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बहराइन जाने खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिमण्डललाई शुभकामनासहित बिदाइ गरेका छन् ।

नैकापस्थित ब्राइट फ्यूचर माविमा आयोजित एक कार्यक्रमका बीच मन्त्री गुरुङले सो टोलीको बिदाइ गरेका हुन् । सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १४ र १५ का वडाध्यक्षहरू क्रमश राजभाइ महर्जन, घनश्याम लुँइटेल, जीफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल विद्यालय खेलकुद महासंघका प्रतिनिधिहरू, विभिन्न खेलकुद संघका प्रतिनिधि एवं प्रशिक्षकहरू, ब्राइट फ्यूचर माविका प्रधानाध्यापक दयाराम थापा लगायतको उपस्थिति रहेको थियो ।

अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आईएसएफ जिम्नासाइडमा नेपालका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले विभिन्न ५ खेलमा सहभागिता जनाउँदै छन् ।

आईएसएफ जिम्न्यासाइड-२०२४ः नैकापस्थित ब्राइट फ्यूचरका ३ जना विद्यार्थीले सहभागिता जनाउने

नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूले ब्याडमिन्टनमा, बास्केटबल पुरुष थ्री बाइ थ्री (४ टिम), बक्सिङ, टेबलटेनिस र तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष तथा ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्कीले बहराइन जाने टोलीको नेतृत्व गर्नेछन् ।

सो टोली भोलि बुधबार बहराइन प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ