सुनको मूल्य दिनहुँ उकालो लाग्दै, बन्दै नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ ।

आज मंगलबार नेपालमा सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यो सुनको हालसम्मकै उच्च मूल्य हो ।

नेपालमा हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला दुई हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ अघिल्लो कारोबार दिन प्रति तोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ