कीर्तिपुरका ३१ हजार मतदाताले चुन्दैछन नयाँ मेयर, २० स्थानमा मतदान केन्द्र

Thankot Times

थानकोट ।

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको तयारी सम्बन्धित स्थानीय तहहरूमा भइरहेको छ ।

चन्द्रागिरिसँग सीमा जोडिएको कीर्तिपुर नगरपालिकामा तीन वटा पदका लागि उपनिर्वाचन हुँदैछ ।

कीर्तिपुरमा नगरप्रमुख, वडा नं. १ र वडा नं. ४ मा वडाध्यक्षको पद रिक्त रहेकोले ती पदका लागि निर्वचान हुनेछ ।

निर्वाचनको मिति टुंगो लागेसँगै कीर्तिपुर नगरमा उपनिर्वाचनको सरगर्मी बढ्दो छ । कतिपय राजनीतिक दलले रिक्त पदमा उम्मेदवार घोषणा गरिसकेको बताइएको छ । केही स्वतन्त्र उम्मेदवारहरूले पनि दाबेदारी सहित प्रचार प्रसार गरिरहेको बताइएको छ । प्रमुख दलहरूले भने अझै उम्मेदवार टुंगो लगाइसकेको अवस्था छैन् । १० वटा भएको कीर्तिपुर नगरपालिकामा चुनावका लागि २० वटा निर्वाचन केन्द्र तोकिएका छन् । ती मतदान केन्द्रमा ३१ हजार १ सय २२ जना मतदाताले भोट खसाल्नेछन् ।

कीर्तिपुर नगरपालिका वडा नं १ मा २६१५ मतदाता रहेका छन् ।

कीर्तिपुर नगरपालिका वडा नं २ मा २८८८ मतदाता रहेका छन् ।

यस्तै, कीर्तिपुर नगरपालिका वडा नं ३ मा २९०१ मतदाता रहेका छन् ।

कीर्तिपुर नगरपालिका वडा नं ४ मा ४४५२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै कीर्तिपुर नगरपालिका वडा नं ५ मा३३७९ मतदाता छन् ।

कीर्तिपुर नगरपालिका वडा नं ६ मा ४९१५, कीर्तिपुर नगरपालिका वडा नं ७ मा १६१९, कीर्तिपुर नगरपालिका वडा नं ८ मा २१५१ मतदाता रहेका छन् ।

कीर्तिपुर नगरपालिका वडा नं ९ मा २७८८ मतदाता रहेका छन् भने कीर्तिपुर नगरपालिका वडा नं १० मा ३४१४ मतदाता रहेका छन् ।

कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको २०८० बैशाखमा र वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको २०८० फाल्गुन महिनामा निधन भएको थियो । नगरप्रमुख राजकुमार नकर्मीको गत साउन १० मा निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ