बाढीपहिरो पीडितका लागि आयल निगमद्वारा तीन करोड रुपैयाँ सहयोग

Thankot Times

थानकोट ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल आयल निगमले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनस्थापना गर्न निगमले उक्त रकम सहयोग गरेको हो ।

निगमकातर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वाणिज्य तथा आपूर्ति सचिव गोविन्द कार्की, निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, निगम सञ्चालक समितिका सदस्यसहितको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सहयोग हस्तान्तरण गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ