साफ वुमन्स च्याम्पियनसिप-२०२४: माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल, दुई खेलाडीको ह्याट्रिक

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले पहिलो जित हात पारेको छ ।

सोमबार साँझ सम्पन्न माल्दिभ्स विरुद्धको खेलमा नेपाल ११-० ले विजयी भयो ।खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् ।
यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।

प्रतियोगितामा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । >दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा दोश्रो स्थानमा छ । श्रीलंकाको ३ अंक छ र उ अंक तालिकामा तेस्रो स्थानमा छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।
सोमबार नै सम्पन्न खेलमा श्रीलंकामाथि भुटानले ४-१ को सहज जित हात पार्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ