सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुग्यो

Thankot Times

थानकोट ।

नेपालमा सुनको मूल्यले लगातार नयाँ  कीर्तिमान बनाइरहेको छ । कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ ।

हिजोको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ ।

नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ प्रति तोला १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

>नेपालमा आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ ।

आज चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ ।

चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ