साफ वुमन्स च्याम्पियनसिप २०२४: नेपालले आज माल्दिभ्सको सामना गर्ने

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो ।

आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

यसअघि आइतबार सम्पन्न खेलमा पाकिस्तान र बंगलादेशले १-१ बराबरी खेलेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ