अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्स: चन्द्रागिरिका खेलाडीलाई ३ स्वर्णसहित ४ पदक

Thankot Times

थानकोट ।

अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्स प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ रजत पदक जितेको छ ।

प्रतियोगिताको ३० केजी ताैल समूहमा ब्रिनिस महर्जन, ७५ केजी समुहमा वीरचन्द्र नकर्मी र ७८ केजी समुहमा सतीस बलामीले स्वर्ण पदक जितेका हुन् ।

ज्ञानेन्द्र कुमार हमालले ५८ केजी समूहमा रजत जितेको प्रशिक्षक वीरकृष्ण महर्जनले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

प्रतियोगितामा वीरकृष्ण महर्जन प्रशिक्षकको रूपमा र पूजा लामा निर्णायकमा रूपमा सहभागी भएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ