बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेश लोकसेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन् । लामो समयसम्म रिक्त रहेको आयोगको अध्यक्षमा प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो ।

बागमती प्रदेश प्रमुख कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरिएको जानकारी गराएको हो ।

श्रेष्ठलाई प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा नेतृत्वमा विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख रहेको सिफारिस समितिले अध्यक्षमा सिफारिस गरेको थियो ।

प्रदेश लोक सेवा अयोग ऐन २०७६ अनुसार सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्री सहित विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख सदस्य रहने व्यवस्था छ ।

श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रूपमा कार्यरत रहेका थिए ।

उनको शपथ ग्रहण कार्यक्रम भोली सोमबार हुने जनाइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ