रास्वपा सभापति रवी लामिछाने पक्राउ प्रकरणः नैकापमा सुरक्षा सतर्कता बढाइयो
थानकोट ।
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।
सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा रास्वपाले प्रदर्शन गरिरहेको छ ।
गत शुक्रबार काठमाडाैंबाट समातिएका लामिछानेलाई सडक मार्ग हुँदै पोखरा लगिएको थियो ।
रवी लामिछाने पक्राउ गरेसँगै गृह मन्त्री रमेश लेखकको नीजि निवास चन्द्रागिरि नगरपालिका नैकापमा सुरक्षा सतर्कता बढाइएको छ ।
सो क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी तैनाथ गरिएका छन् ।