नेपाल समाजवादी पार्टी चन्द्रागिरि नगर अधिवेशन संयोजकमा बलम्बुका संजयदेव महर्जन चयन

Thankot Times

थानकोट ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले काठमाडाैंका विभिन्न पालिकामा अधिवेशन संयोजक तोकेको छ ।

शनिबार सो पार्टीको भेलाले अधिवेशन संयोजक तोकेको हो ।

जसअनुसार चन्द्रागिरि नगरको संयोजकमा बलम्बुका संजयदेव महर्जनले जिम्मेवारी पाएका छन् ।

कीर्तिपुर नगर अधिवेशन संयोजकमा किरण तुलाधरले जिम्मेवारी पाउँदा अरूणरत्न तुलाधरले काठमाडाैं महानगरमा अधिवेशन संयोजकको जिम्मेवारी पाएका छन् ।

नेसपाले कात्तिक ५ र ६ गते पोखरामा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टीबाट अलग भएपछि २०७९ असारमा नेपाल समाजवादी दर्ता भएपछि पहिलो पटक पोखरामा विधान अधिवेशन हुन लागेको हो ।


One thought on “नेपाल समाजवादी पार्टी चन्द्रागिरि नगर अधिवेशन संयोजकमा बलम्बुका संजयदेव महर्जन चयन

  1. ठमाडाैं महानगरमा अधिवेशन संयोजक – अरूण रत्न तुलाधर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ