सातदोबाटो चोकमा यात्रु बसमा आगलागी

Thankot Times

थानकोट । 

ललितपुरको सातदोबाटोमा रोकिराखेको बसमा आगलागी भएको छ ।

शनिबार दिउँसो पौने पाँच बजेको समयमा रोकिराखेका महानगर यातायातको बा. ४ ख १०४ नम्बरको बसमा आगलागी भएको हो ।

आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए ।

‘आगलागी भएलगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

बस पूर्णरूपमा जलेको छ, मानवीय क्षति भने हुन पाएन,’ एसपी पौडेलले भने ।

आगलागीको कारण खुलेको छैन । तार सर्ट भएर आगलागी भएको हुन सक्न प्रहरीको अनुमान छ । 

आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिरः सचिन भुषाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ