‘भर्खरै सभापति भेटेँ, उहाँ निर्धक्क हुनुहुन्छ’- राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डिपी अर्याल

Thankot Times

थानकोट।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले सभापति रवि लामिछाने निर्धक्क रहेको बताएका छन्।

शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उपसभापति अर्यालले सभापतिलाई भेटेको र उनी निर्धक्क देखिएको बताएका हुन्।

‘भर्खरै पार्टी सभापति ज्यूलाई भेटेर आएँ। उहाँ निर्धक्क हुनुहुन्छ। उहाँलाई न्यायलयप्रति विश्वास छ,’ अर्यालले भने।

अर्यालले कार्यकर्ताहरूलाई संयम रहन पनि अनुरोध गरेका छन्।

‘सभापति ज्यूले नेतृत्व गर्नुभएको अभियानलाई पूर्णता दिनुछ। भर्खरै उम्रदै छौं। गर्न धेरै बाँकी छ। चिमोट्ने, निमोठ्ने र नाश गर्न खोज्ने खेल जनतालाई बुझाउन आवश्यक छ,’ उनले भने। ‘

उनले पनि कसैको राजनीति बचाउनका लागि संसदीय छानबिन समितिले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्न छैन भन्दा पनि उनलाई पक्राउ गरिएको दाबी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ