आईएसएफ जिम्न्यासाइड-२०२४ः नैकापस्थित ब्राइट फ्यूचरका ३ जना विद्यार्थीले सहभागिता जनाउने

Thankot Times

थानकोट।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी)को आयोजनामा मध्यपूर्वी मूलुक बहराइनमा अक्टोबर २३ बाट सुरु हुने आईएसएफ जिम्न्यासाइड-२०२४ मा नेपालले समेत सहभागिता जनाउने भएको छ। 

प्रतियोगितामा डेलिगेट्स, प्रशिक्षक र खेलाडी गरी जम्मा ५८ जनाको सहभागिता रहने छ।

नेपालबाट बहराइन जाने टोलीको नेतृत्व चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मोहन कुमार कार्कीले गर्नेछन् । 

शनिबार एक कार्यक्रमका बीच ब्राइट फ्यूचर माविले सो प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको बिदाइ गरेको छ । सो क्रममा प्रतियोगितामा सहभागी हुने खेलाडी त्रय लवाङ लामा, निविता केसी र उज्जवल वाग्ले तथा प्रशिक्षकहरू दीपक महर्जन र सुवास तामाङ र हेड अफ डेलिगेट्स मोहन कुमार कार्कीलाई बिदाइ गरिएको हो ।

सो टोली कार्तिक ७ गते बहराइन प्रस्थान गर्ने तालिका रहेको छ । 

संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, बागमती प्रदेश सांसद्हरू केशव पोखरेल, रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, वडाध्यक्षहरू हरिश्याम रानामगर, प्रल्हाद रिजाल, शिवकुमार महर्जन, नरेन्द्रराज श्रेष्ठ, श्रीकृष्ण खत्री, घनश्याम लुँइटेल लगायतले आईएसएफ जिम्न्यासाइड-२०२४ मा सहभागी हुनेहरूलाई बिदाइ गरेका हुन् । 

प्रतियोगितामा विभिन्न २६ खेल समावेश गरिने अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी) जनाएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ