अब थानकोट-दुवाकोट सिधा यातायात सेवा, रिद्धि सिद्धिका २२ बस नियमित सञ्चालनमा

Thankot Times
थानकोट, फागुन २३ ।
भक्तपुरको दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरि नगरपालिकाको थानकोटसम्म सोमबारदेखि यातायात सेवा सुरु भएको छ। सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म रिद्धि सिद्धिका यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन्।
 
यातायात सेवाको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जीपीएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताउनुभयो ।
 
नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताउनुभयो । चाँगुनारायणबाट भक्तपुर हुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोला हुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उहाँको भनाइ थियो।
 
चाँगुनारायणबाट भक्तपुर हुँदै काठमाडौं जाने र चाँगुनारायणबाटै पेप्सीकोला हुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उहाँले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताउनुभयो ।
 
चाँगुनारायणबाट मूलपानी चौर, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलंकी हुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिनुभयो
कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण–४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र रिद्धि सिद्धिका यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ