साफ महिला च्याम्पियनसिप-२०२४ः श्रीलङ्काले माल्दिभ्सलाई हरायो
थानकोट ।
काठमाडाैंमा जारी साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा श्रीलङ्काले विजयी शुरुआत गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १-० गोलले हरायो । श्रीलङ्काकी इमेशा वर्नाकुलासुरियाले गोल गरिन् । यो जीतसँगै श्रीलङ्काले ३ अङ्क जोडेको छ ।
प्रतियोगिता अन्तर्गत अहिले आयोजक नेपाल र भुटान बीच खेल भइरहेको छ ।
खेल साँझ ५ः३० बजेबाट सुरु भएको हो ।
साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् ।
यस्तै समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, श्रीलङ्का र भुटान छन् ।