भीसा स्वीकृत भएसँगै क्रिकेटर सन्दीप लामिछाने आज नै अमेरिका प्रस्थान गर्दै
थानकोट ।
नेपाली क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।
क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि लामिछानेले भिसा पाएका हुन् ।
लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ ।
नेपाली टोलीका अरु सदस्य अमेरिकामै छन् ।
लिग टूको क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएका थिए । नेपाली टोलीले अमेरिकासँग टी–२० सिरिज खेलिरहेको छ ।
भिसा पाएसँगै उनी आजै बेलुकी अमेरिका प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
अमेरिकाले टी-२० विश्वकपका बेला समेत सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।