दशैंको अवधिमा काठमाडौं उपत्यकामा ७ सय ५५ जना चालक मापसे कारबाहीमा

Thankot Times

थानकोट ।

दशैंको फूलपातीदेखि पूर्णिमासम्ममा ७ सय ५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, यो अवधिमा ६ सय ६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा कारबाहीमा पक्राउ परेका छन् ।

दशैंको अवधिमा १ सय ७७ जना लेन अनुशासन, ४ सय ५० जना रेड लाइटमा सवारी चलाउँदा कारबाहीमा परेका छन् ।

अनावश्यक हर्न बजाएको आरोपमा १ सय ८० जना, जथाभावी पार्किंङ गरेको आरोपमा ५ सय २३, बढी भाडा लिएको आरोपमा १३ जना कारबाहीमा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *