काठमाडाैं भित्रने मुख्य सडकमा सवारीसाधनको चाप

Thankot Times

थानकोट ।

नागढुङ्गा, साँगा, चन्द्रागिरि, बालाजु, फर्पिङ लगायतका नाका हुँदै राजधानी काठमाडाैं भित्रने यात्रुको संख्या बाक्लिएको छ । 

 बिहीबार २४ घण्टामा ५६ हजार ५ सय ११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, बस, हलुका सवारी, मोटरसाइकल र माइक्रोमा गरेर कात्तिक १ गते बिहान ६ बजेदेखि कात्तिक २ को बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् ।

ती मध्ये अधिकांश नागढुङ्गा नाका हुँदै राजधानी भित्रिएका हुन् ।

उनका अनुसार, यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएको रेकर्ड समेत छ ।

एआईजी बज्राचार्यका अनुसार, २४ असोज फुलपातीदेखि कात्तिक २ गते बिहान ६ बजेसम्म ४६ हजार ८४५ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । तिनमा ३ लाख ४१ हजार ६०४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *